काठमाडौँ । उद्योग वाणिज्य महासङ्घको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । उमेशलाल समूहबाट उनी विजयी भएका हुन् । उनी ६१ मतसहित निर्वाचित भए ।
कुल खसेको १२३ मतमध्ये ढकालले ६१ मत पाए ।
यस्तै अञ्जन श्रेष्ठ समूहका मनिषलाल प्रधानले ५३ मत पाएका छन्। यस्तै रामचन्द्र संघई समूहका सकुन्तलाल हिराचनले ७ मत ल्याए ।