logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अर्थतन्त्रप्रति अरू त्रसित हुँदा राष्ट्र बैंक ढुक्क

    अर्थतन्त्रप्रति अरू त्रसित हुँदा राष्ट्र बैंक ढुक्क

    1.4K
    Shares
    अर्थतन्त्रप्रति अरू त्रसित हुँदा राष्ट्र बैंक ढुक्क

    काठमाडौं । नेपालको अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको भन्दै अरू सबै त्रसित र चिन्तित भएका बेला नेपाल राष्ट्र बैंक भने ढुक्क देखिएको छ । निजी क्षेत्रलगायत सरोकारवालाले अर्थतन्त्र संकटमा रहेको बताउँदै आएका छन् । तर राष्ट्र बैंकले धेरै चिन्ता गर्नुपर्ने अवस्था नरहेको जनाएको छ ।

    अर्थतन्त्र समस्यामा रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा। प्रकाशशरण महतले विभिन्न पक्षसँग छलफल गरी सुधारका लागि पहल गर्ने आश्वासन दिँदै आएका छन् । प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रममा मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका थिए ।

    ‘आर्थिक अवस्थाका हिसाबले अहिले निकै चुनौतीपूर्ण छ, ‘प्रधानमन्त्री दाहालले भनेका छन्, ‘सरकारको सम्पूर्ण तागत लगाएर अर्थतन्त्रलाई लयमा ल्याउछौं ।’ प्रधानमन्त्रीको यो अभिव्यक्तिले अर्थतन्त्र समस्यामा छ भन्ने बुझिन्छ ।

    प्रधानमन्त्रीले अर्थतन्त्रका कारण दबाबको अनुभूति गरे पनि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भने ढुक्क देखिन्छन् । अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भई प्राप्त उपलब्धि रक्षा गर्दै अगाडि बढ्नुपर्ने गभर्नर अधिकारी बताउँछन् । यो समाचार नागरिक दैनिकमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend