logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • बिस्का जात्रामा हात नभएको लिंगो उठाइयो

    बिस्का जात्रामा हात नभएको लिंगो उठाइयो

    2.1K
    Shares
    बिस्का जात्रामा हात नभएको लिंगो उठाइयो

    काठमाडौं । बिस्का जात्राको क्रममा बिहीवार दिउँसो पोटरी स्क्वायरमा हात नभएको लिंगो (ल्योसिन्द्यो) उठाइएको छ । बिहीवार भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट जात्राको लिंगो उठाइएको हो ।

    प्रत्येक वर्ष वर्षको अन्तिम दिन मध्यान्हमा यसरी नै लिंगो उठाउने गरिन्छ । यो लिंगोलाई स्थानीय टोलवासीले उठाउने गर्दछन् । डोरीको सहायताले लिंगोलाई उठाउने गरिन्छ । लिंगो उठाएको हेर्न हजारौं स्थानीयवासी पुग्ने गर्दछन् । प्रसिद्ध बिस्का जात्राको चौथो दिन लिंगो उठाइन्छ ।

    जात्रा २७ चैतदेखि शुरु भएको थियो । पाँंचतले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमको शुरुवातसँगै जात्रा शुरु भएको थियो । यो जात्रा हेर्न दशौं हजार मानिस जात्रास्थल पुग्ने गर्दछन् । भक्तपुरको बिस्केट जात्रा आठ रात नौ दिन लामो हुने गर्दछ । जात्रा ५ वैशाखमा सकिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend