logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मुलुकभित्रै लगानीमैत्री वातावरण बनाउन पहल गर्छुः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

    मुलुकभित्रै लगानीमैत्री वातावरण बनाउन पहल गर्छुः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

    1.9K
    Shares
    मुलुकभित्रै लगानीमैत्री वातावरण बनाउन पहल गर्छुः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । बुधवार वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठलाई अर्का उम्मेद्वार उमेशलाल श्रेष्ठले समर्थन गरेसँगै श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन् ।

    पहिलो चरणमा वरिष्ठ उपाध्यक्षमा कुनैपनि उम्मेद्वारले ५० प्रतिशत मतभार नकटाएपछि दोस्रो चरणको निर्वाचन तयारी भएपनि सहमतिमा वरिष्ठ उपाध्यक्ष चयन भएको हो ।

    वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निराशामा रहेका उद्योगी व्यवसायीहरुको मुहार हसाउने गरी काम गर्ने प्रतिवद्धता जनाए ।

    उनले निर्वाचनको समयमा देशभरका उद्योगी व्यवसायीहरु माझ गरेका प्रतिवद्धताहरु पूरा गर्नेगरी काम गर्ने बताए ।

    उनले पछिल्लो समय व्यवसायीहरुलाई बैंकको ब्याजदर र तरलता अभावको कारण परेको समस्या समाधान गर्ने बताए ।

    उनले आन्तरिक र वैदेशीक लगानी ल्याउनको लागि निजी क्षेत्रले पहल गर्ने बताए । उनले मुलुक भित्र नै उद्योगी व्यवसायीहरुले लगानीमैत्री वातावरण बनाउन सरकारसँग सहकार्य गर्न बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend