logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • आइतबारबाट नयाँ शैक्षिक सत्र सुरु

    आइतबारबाट नयाँ शैक्षिक सत्र सुरु

    2.6K
    Shares
    आइतबारबाट नयाँ शैक्षिक सत्र सुरु

    काठमाडौं । विद्यालय बाहिर रहेका विद्यालय जाने उमेर समूह लक्षित भर्ना अभियान आइतबारबाट शुरू हुँदै छ । सरकारले हरेक वर्ष वैशाख २ गतेदेखि महिनाभर भर्ना अभियान शुरू गर्ने गर्छ ।

    यो वर्ष वैशाख २ गते शनिवार परकाले आइतबारबाट मात्रै अभियान शुरू हुँदै छ। विद्यालय जाने ४ देखि १५ वर्ष उमेर समूहलाई लक्षित गरी अभियान शुरू गर्न लागेको हो । यो अभियानमा करिब ३ लाख विद्यार्थीलाई विद्यालयमा ल्याउने लक्ष्य रहेको छ ।

    शिक्षा तथा मानव स्रोत केन्द्रका निर्देशक गोविन्दराज पोखरेलले विद्यालय बाहिर रहेका करिब १० प्रतिशत बालबालिकालाई विद्यालय ल्याउन भर्ना अभियान शुरू गर्न लागिएको जानकारी दिए । उनका अनुसार कक्षा १-१२ सम्म ३४ लाख विद्यार्थी अध्ययनरत छन् ।

    त्यसको १० प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको केन्द्रको तथ्याङ्क छ। विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालय ल्याउन स्थानीय तह, नगरपालिका र गाउँपालिका महासंघले विशेष ध्यान दिनुपर्ने हुन्छ । निर्देशक पोखरेलले त्यसका लागि सबै स्थानीय तह, विद्यालय र शिक्षा विकास तथा समन्वय इकाइमा परिपत्र गरेको जानकारी दिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend