logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • एसपी दान बहादुर मल्ल: जति चर्चा उति नै राम्रो काम

    एसपी दान बहादुर मल्ल: जति चर्चा उति नै राम्रो काम

    4.6K
    Shares

    मंसिर २३ काठमाडौं लोकप्रिय कार्यक्रम ‘सिधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछाने पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिँदा चर्चामा आएका पात्र हुन्। 

     चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल। यसअघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालका पिएसओ रहिसकेका तथा द्वन्द्वकालिन समयमा मुलुकमा विभिन्न दुर्गम स्थानमा गएर सेवा गरेका मल्लले अहिले चितवनमा रहेका अनेक चुनौतीका बाबजुत जिल्लामा शान्ती सुरक्षा कायम गर्न सफल भएका छन् ।

    सबैलाई मिलाएर सबैलाई समेटेर लैजान सक्ने क्षमता भएका मल्लभित्र रहेको लिडरसिप, शहनशीलता र दुरदर्शिता पत्रकार शालिकराम पुडासैनी आत्महत्या काण्डमा पनि देखिएको थियो। त्यतिबेला चितवनमा भैरहेको आन्दोलनमा उनले कुनै अप्रिय घटना हुन् दिएनन।अहिले उनि विभिन्न काण्डसगैँ उपनिर्वाचन समेत सफल रुपमा सम्पन्न गर्न सफल भए  ।

    चितवनमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको जग्गा अतिक्रमणको बिषयलाई लिएर स्थानिय मानिसहरुले चलाएको डोजर काण्डमा स्थानिय निकाय, स्थानिय मानिसहरु र रंगशाला निर्माण पक्ष समेतसंग सहकार्य गरी समस्या समाधान गरि तोडफोड गर्नेहरुलाई पक्राउ गरि कारबाही समेत चितवन प्रहरीले गरेको थियो।

    हाल निर्माणधिन रंगशालामा मल्लकै कमाण्डमा प्रहरी पोष्ट समेत खडा गरिएको छ। एसपी मल्लले चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा अप्रेशन पश्चापत मृत्यु भएको घटनामा मृतकका आफन्तले कलेजमा तोडफोड गरेका थिए। उक्त कार्यमा संलग्नलाई पक्राउ समेत मल्लकै नेतृत्वमा गरिएको थियो ।

    विभिन्न अपराधमा संलग्न अपराधीलाई पक्राउ गर्न पनि मल्लको कमाण्डमा रहेको चितवन प्रहरी सफल भएको छ। वेश्यावृती नियन्त्रण, जुवातास नियन्त्रण, अवैध हातहतियार नियन्त्रण,नेटवर्किङ ठगी नियन्त्रण, लागु औषध कारोवार नियन्त्रण, ट्राफिक कारवाही र राजश्व संकलन लगायतका बिषयहरुमा पनि चितवन प्रहरी आक्रामक रुपमा अगाडी बढिरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend