logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • एकीकृत समाजवादीका मन्त्रीलाई पार्टी कार्यालयमा भेट्ने व्यवस्था

    एकीकृत समाजवादीका मन्त्रीलाई पार्टी कार्यालयमा भेट्ने व्यवस्था

    1.8K
    Shares
    एकीकृत समाजवादीका मन्त्रीलाई पार्टी कार्यालयमा भेट्ने व्यवस्था

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कार्यकर्ताहरूसँग पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरेको छ ।

    सरकारमा रहेका मन्त्रीको नेता तथा कार्यकर्तासँग सहज भेट गर्ने उद्देश्यले सो व्यवस्था मिलाउन समय निर्धारण गरिएको उपमहासचिव गङ्गालाल तुलाधरले बताए । सबै नेता तथा कार्यकर्ताको सिंहदरबारमा जान पहुँच नपुग्ने हुँदा यस किसिमको वैकल्पिक व्यवस्था गरिएको हो ।

    आइतबार र बुधबार दिउँसो २ बजेदेखि ३ बजेसम्म कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसाल तथा सोमबार र शुक्रबार सोही समयमा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेट्ने समय मिलाइएको छ ।

    यसअघि नेकपा (माओवादी केन्द्र) ले पनि प्रधानमन्त्री र पार्टीबाट सरकारमा गएका मन्त्रीलाई पार्टी कार्यालयमै कार्यकर्तासँग भेट्ने व्यवस्थाको गरिसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend