logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नयाँ वर्षमा ट्राफिक विशेष चेकिङ : लागुपदार्थ सेवन गरी सवारी चलाउँदै गरेका ६ जना चालक सहित ७ जना प्रहरीको नियन्त्रणमा

    नयाँ वर्षमा ट्राफिक विशेष चेकिङ : लागुपदार्थ सेवन गरी सवारी चलाउँदै गरेका ६ जना चालक सहित ७ जना प्रहरीको नियन्त्रणमा

    1.3K
    Shares
    नयाँ वर्षमा ट्राफिक विशेष चेकिङ : लागुपदार्थ सेवन गरी सवारी चलाउँदै गरेका ६ जना चालक सहित ७ जना प्रहरीको नियन्त्रणमा

    काठमाडौं । काठमाडौँको नागढुङ्गामा नयाँ वर्षको दिन (शुक्रबार) गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालक सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण व्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले शुक्रबार दिउँसो २० ओटा सवारी साधनका चालक तथा पछाडी सवार मानिसलाई चेक गर्दा ७ जनाले लागुपदार्थ सेवन गरेको पाइएको थियो ।

    बा १३ च ११८ नम्बरको कारका चालक नुवाकोटको शिवपुरी गाउँपालिका ५ का ३४ वर्षीय राम पाण्डे, प्रदेश ३–०२–०११ प १७९६ नम्बरको मोटरसाइकलका चालक काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ४ बस्ने २० वर्षीय मुकेश लामिछाने, बागमती प्रदेश–०२–०३४ प ९३२३ नम्बरको मोटरसाइकलका चालक काठमाडौँको बुढानिलकण्ठ नगरपालिका १० बस्ने २१ वर्षीय आयम पौडेल, प्रदेश २–०३–०३७ प ९५७९ नम्बरको मोटरसाइकलका चालक ललितपुरको सानेपा बस्ने ४० वर्षीय राजेश कुमार श्रेष्ठ, बागमती प्रदेश–०२–०३४ प ३४२० नम्बरको मोटरसाइकलमा पछाडी सवार धादिङको धुनिबेशी गाउँपालिका ५ का २८ वर्षीय कमल तामाङ, बागमती प्रदेश A AB ३४१६ इम्बोस्ड नम्बर प्लेटको सरकारी स्कुटरका चालक काठमाडौँको बुद्दनगर बस्ने धनुषाको जनकपुर उपमहानगरपालिका ४ का २८ वर्षीय अमन शर्मा र बा २ ख १६६२ नम्बरको हाइसका चालक काठमाडौँको चन्द्रागिरि नगरपालिका ४ बस्ने २५ वर्षीय आकाश महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा फेला परेका ७ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ । उनीहरूलाई थुनामा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

    मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए तापनि पछिल्लो समय लागुऔषध समेत सेवन गरेर सवारी साधन चलाउने चालकहरू भेटिन थालेपछि लागुऔषध चेकजाँच अभियानलाई तिव्रताका साथ अगाडी बढाइएको छ ।

    मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना हुनुको साथै मानव स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने गर्दछ ।
    सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि।एच।सि। किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend