logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भन्सुन लाग्दैन, क्षमता हुनेले जागिर पाउन सक्छन् : पूर्वगभर्नर नेपाल

    नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भन्सुन लाग्दैन, क्षमता हुनेले जागिर पाउन सक्छन् : पूर्वगभर्नर नेपाल

    2.7K
    Shares
    नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भन्सुन लाग्दैन, क्षमता हुनेले जागिर पाउन सक्छन् : पूर्वगभर्नर नेपाल

    काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भन्सुन नलाग्ने दावी गरेका छन् । राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहेका पूर्वगभर्नर नेपालले क्षमता हुनेले मात्रै नेपाल राष्ट्र बंैकमा जागिर पाउन सक्ने बताएका हुन् ।

    उडान शैक्षिक केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र बैंकको कुनै पनि तहमा जागिर पाउनका लागि भन्सुनको महत्व आफूले नदेखेको पटकपटक दोहार्याए । पूर्वगभर्नर नेपालले आफ्नो क्षमता आफैंले उजागर गर्न सके विद्यार्थीहरुले नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन अप्ठ्यारो नरहेको पनि बताए । तर त्यसका लागि ‘कोही पनि सबै कुरामा जान्ने हुँदैनन्’ भन्ने मान्यतालाई आत्मासात गरेर अध्ययनको कामलाई अघि बढाउनुपर्ने उनको भनाई थियो ।

    पूर्वगभर्नर नेपालले व्यापार गर्नका लागि झन धेरै अध्ययन आवश्यक पर्ने स्मरण गराए । उनले भने, ‘मेरो सोर्स चाहिन्छ । सोर्सको मैले त्यत्तिको महत्व देखेकै छैन । मैले त राष्ट्र बैंकमा बसेर देखेको हो नि । मलाई थाहा छ । तपाईहरुले सोधे हुन्छ–राष्ट्र बैंकमा सोर्स लाग्दैन । त्यहाँ मजाले आफ्नो क्षमताले जागिर खाने हो । त्यहाँ तल्लो तहदेखि माथिल्लो तहसम्म जागिर जान सोर्स चाहिदैन । क्षमतालाई आफैंले उजागर गर्ने हो । कोही पनि पर्फेक्ट हुँदै हुँदैन । सबै पढेर तैँले त बढि जानेको छस भन्ने हुँदै हुँदैन । आफैंले कोशिस गरेर आफैं जान्ने हुने हो । भगवानले हामीलाई यस्तो रिर्सोसेस दिएका छन । जति त्यसको प्रयोग गर्यो, त्यति फाईदा लिन सकिन्छ । त्यो के हो ? भन्दा दिमाग हो । यसलाई जति प्रयोग गर्यो, त्यति फाईदा हुन्छ । जतिसक्यो त्यसलाई त्यति प्रयोग गर्नु पर्दछ । मलाई दुःख लाग्छ । हामी कहाँ कस्तो संस्कार भयो भने १० कक्षा दश वर्ष फेल भयोे । त्यस्तोलाई दुकान खोल भनेर बाबुआमाले पैसा दिन्छन । व्यापार गर्नलाई त सबैभन्दा बढि पढनु पर्छ ।’

    पूर्वगभर्नर नेपालले नेपालमा नपढनेहरुलाई व्यापार गर भनेर बाबुआमाले लगानी गरिदिने चलन राम्रो नभएको उल्लेख गर्दै त्यसका लागि झनै धेरै अध्ययनको आवश्यक हुने तर्क समेत गरे । उनले माध्यामिक शिक्षा सकिएपछि २ वर्ष कडा मेहनतका साथ अध्ययनको काम अघि बढाउने विद्यार्थीहरुको भविष्य आफूले नेपालमा राम्रो देखेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend