
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले उपनिर्वाचनपछि मधेस प्रदेशमा आफ्नो पार्टीको मुख्यमन्त्री बन्ने बताए छन् । अध्यक्ष राउतले आफ्नो फेसबुकमार्फत यस्तो बताएका हुन् ।
उनले लेखका छन्, ‘चैत्र १५ गतेको माओवादी, काँग्रेस र जनमतको सहमतिप्रति कांग्रेस इमानदार रहने हो भने उपनिर्वाचनपछि मधेसमा जनमतको मुख्यमन्त्री बन्दैछ, नभए कांग्रेसको ।’
उनले थप लेखेका छन्, ‘मधेस प्रदेशका मुख्यमन्त्रीको उपनिर्वाचन पछि आफैँ बहिर्गमन हुँदैछ। यस्तो अवस्थामा जनतालाई दिग्भ्रमित गर्न सत्ताधारीहरूले अतिरञ्जित अभिव्यक्ति दिनुको अर्थ छैन। जसपाका आफ्नै मुख्यमन्त्री र संघीय मन्त्रीहरूको भविष्यको ठेगान छैन, अरू बारेमा के भ्रम छर्नु।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend