logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • एनएमबि बैंकले ल्यायो एनएमबि सजिलो क्यूआर कर्जा

    एनएमबि बैंकले ल्यायो एनएमबि सजिलो क्यूआर कर्जा

    1.8K
    Shares
    एनएमबि बैंकले ल्यायो एनएमबि सजिलो क्यूआर कर्जा

    काठमाडौं । एनएमबि बैंकले नयाँ वर्ष २०८० को अवसरमा ‘नयाँ वर्ष, नयाँ धमाका’ नारा सहित एनएमबि सजिलो क्यूआर कर्जाको सुरुवात गरेको छ ।

    एनएमबि बैंकको क्यूआर प्रणालीमा आबद्ध साना, मझौला तथा घरेलु उद्यमको आकस्मिक वित्तीय आवश्यकतालाई ध्यानमा राखी २ लाख रुपैयाँसम्मको एनएमबि सजिलो क्यूआर कर्जा प्रदान गर्नेछ ।

    अर्थतन्त्रमा वास्तविक रुपले विद्युतीय कर्जा प्रणालीको विस्तार गर्ने, कर्जा प्रक्रियालाई सरलीकृत गर्ने र कर्जाको लागत कम गर्ने उदेश्यका साथ क्यूआर कर्जाको सुरुवात गरेको बैंकले जनाएको छ । यस कर्जाबाट ग्राहकहरुको व्यवसायलाई आवश्यक आकस्मिक वित्तीय आवश्यक्ता पूरा गर्न मद्धत पुग्न गई व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्नुे विश्वास बैंकले गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend