सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

प्रतिनिधिसभा नियमावलीमा आधारित भएर संसदमा आफ्नो अभिव्यक्ति दिन सांसदलाई आग्रह

प्रतिनिधिसभा नियमावलीमा आधारित भएर संसदमा आफ्नो अभिव्यक्ति दिन सांसदलाई आग्रह

काठमाडाै‌ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीमा आधारित भएर संसदमा आफ्नो अभिव्यक्ति दिन सांसदलाई आग्रह गरेका छन् ।

आईतबार प्रतिनिधिसभा सभा बैठकको सुरुमै उहाँले विषयबस्तु र प्रतिनिधिसभा नियमावलीमा आधारित भएर आफ्ना भनाईहरु राख्न सांसदहरुलाई सचेत गराएका हुन् । सभामुख घिमिरेले भने, ‘माननीय सदस्यहरु, विषयमा आधारित भएर माननीय सदस्यहरुले खासगरी नियमावलीमा आधारित भएर आफ्नो अभिव्यक्ति दिनुहुनेछ ।’

सांसदहरुले आकस्मिक समय, शुन्य समय र विशेष समयमा बोल्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमै गरिएको हुन्छ । सोही अनुसार सांसदहरुले संसदमा आफ्ना अभिव्यक्ति दिनुपर्ने सभामुख घिमिरेको भनाई थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend