काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि आह्वान गरेकी छन् ।गत मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको जानकारी दियो । तर प्रतिनिधिसभाका तत्कालिन सभामुख कृष्ण बहादुर महरा बलात्कार काण्डमा मुछिएपछि प्रतिनिधिसभा सभामुख बिहिन बन्न पुगेको छ । योसँगै नयाँ सभामुख को बन्लान् भन्ने बहस नेपाली राजनीतिक वृतमा चर्चाको शिखरमा छ ।
खासगरी प्रतिनिधि सभाको प्रमुख पद नछाड्ने दाउमा रहेको सत्तारुढ नेकपाको योजनाले उपसभामुख रहेकी शिबमाया तुम्बाहाम्फेको पद भने धरापमा परेको छ । सभामुख र उपसभामुख फरक फरक दल र फरक लिंगको हुनुपर्ने संबैधानिक बाध्यताको कारण उनले राजनीमा दिनु पर्ने बाध्यता उनलाई छ तर उनि भने आफु सभामुख बन्न योग्य रहेको भन्दै सभामुखमा आफ्नो दाबेदारी प्रस्तुत गरेकी छिन् सुनौलो नेपाल संग कुरा गर्दै म महिला भएर सभामुख बन्नुपर्छ भन्ने होइन तर अहिले जो जो सभामुख बन्ने दौडमा लाग्नुभएको छ उहाँहरु भन्दा म पनि कुनै कुरामा अयोग्य छैन म उहाँहरु भन्दा कम समय राजनीति गरेर आएको हैन म संग क्षमता छ अनुभव छ योग्यता छआफु ४० बर्ष देखि यो पार्टीमा राजनीति गरेर आए अहिले सभामुखको गल्ति मैले बेहोर्नुपर्छ भन्ने छैन म सभामुख बन्नु पाउनु पर्छ भन्ने दाबी प्रस्तुत गर्दै उनले भनिन यो बिषयमा आम जनताको मनसाय पनि यहि देख्छु ।
विस्तृत भिडियो हेर्नुहोस्