logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • ५९ जिल्लाका विद्यालयहरुमा पुग्यो पाठ्यपुस्तक

    ५९ जिल्लाका विद्यालयहरुमा पुग्यो पाठ्यपुस्तक

    2.3K
    Shares
    ५९ जिल्लाका विद्यालयहरुमा पुग्यो पाठ्यपुस्तक

    काठमाडौँ । नयाँ शैक्षिकसत्र शुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छ । गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

    सोमवार पाठ्यपुस्तक बिक्रीवितरण र छपाईको विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको छ । अनुगमनपश्चात जनक शिक्षा सामग्री केन्द्रका प्रवन्धक अनिलकुमार झाले नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने गरी काम भइरहेको बताए । उनले अहिलेसम्म ५९ जिल्लाका प्रत्येक विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको दाबी गरे । उनले जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मका १ करोड ५० लाख पाठ्यपुस्तकहरु छपाईको काम सम्पन्न गरी बिक्रीवितरण गरिहेको जानकारी दिए । उनले गत चैत २४ गतेदेखि देशभर पाठ्यपुस्तक बिक्रीवितरण शुरु गरेको र हालसम्म ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पु¥याइ विद्यार्थीहरुलाई विवतरण गरेको बताए ।

    उनले अब बाँकी १८ जिल्लामा वैशाख १५ गतेसम्म पुस्तक पुग्ने बताए । प्रवन्धक झाले कतिपय विद्यालयहरुमा पुस्तक पुगिसकेको र कतिपय ढुवानीको क्रममा रहेको भन्दै बिक्रीवितरण गरेर ढुवानीको क्रममा रहेका पुस्तकहरु ३ दिन भित्रमा प्रत्येक विद्यालयमा पुग्ने उल्लेख गरे । उनले ढुवानीमा समय लाग्ने हिमाली र पहाडी दुर्गम जिल्लाहरुलाई प्राथमिकतामा राखेर पुस्तक बिक्रीवितरण गरेको बताए ।

    उनले अहिले हिमाली जिल्लाहरुका सबै विद्यालयमा पुस्तकहरु पुगिसकेको दाबी गरे । उनले दुर्गम हिमाली जिल्लाहरु हुम्ला,डोल्पा,मुगु,जुम्ला,कालिकोट, मनाङ र मुस्ताङ जिल्लाहरुमा समेत पाठ्यपुस्तक पुगिसकेको बताए । उनले पुस्तक छपाई गर्ने मेसिन,जनशक्ति,बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै विद्यालयहरुमा पुस्तक पुर्‍याउन सफल भएको बताए । उनले ३ वटा छपाई मेसिन खरिद गरी ८० हजार प्रतिदिन छपाई क्षमताबाट २ लाख ४० हजार छपाई गर्ने क्षमतामा पुर्‍याएकाले सहज भएको बताए ।

    उनले कागज खरिदमा समस्या नहुनु,स्थायी र जेलदारीका जनशक्ति थप गर्नु र चालुपुँजीको समस्या नभएकाले समयमा नै पुस्तक छपाई गरी विद्यालयहरु पुस्तक पुर्‍याउन सकिएको बताए ।

    उनले भने, ‘जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मको पाठ्यपुस्तकहरु छपाईको काम सम्पन्न गरेको छ । केन्द्रले १ करोड ५० लाख पुस्तक प्रकाशन गर्नुपर्नेमा पूरै काम सम्पन्न गरिसकेका छौं । पुस्तक छपाईको काम सकेर बिक्रीवितरणको काम सम्पन्न गरेका छौं । गत चैत २४ गतेदेखि देशभर पुस्तक विक्रिवितरण शुरु भएको थियो । चैत २४ गतेदेखि २०८० वैशाख ३ गतेसम्म ५९ जिल्लामा पुस्तक बिक्रीवितरण सम्पन्न गरिसकेका छौं । कतिपय विद्यालयहरुमा पुस्तक पुगिसकेको छ भने कतिपय ढुवानीको क्रममा रहेको छ । केन्द्रले बिक्रीवितरण गरेका पुस्तकहरु ३ दिन भित्रमा प्रत्येक विद्यालयमा पुस्तक पुग्छन् । हिमाली जिल्लाहरुका सबै विद्यालयमा पुस्तकहरु पुगिसकेका छन् । दुर्गम हिमाली जिल्लाहरु हुम्ला,डोल्पा,मुगु,जुम्ला,कालिकोट, मनाङ र मुस्ताङ जिल्लाहरुमा पाठ्यपुस्तक पुगिसकेका छन् । ढुवानीमा समय लाग्ने हिमाली र पहाडी जिल्लाहरुलाई प्राथमिकतामा राखेर पुस्तक बिक्रीवितरण शुरु गरेका थियौं । विगतका वर्षहरुमा विद्यालयहरुमा लोमो समयसम्म पुस्तकहरु नपुग्ने समस्या रहेपनि यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै विद्यालयहरुमा पुस्तक पुग्न सक्नुको मुख्य कारण भनेको पुस्तक छपाई गर्ने मेसिन,जनशक्ति,बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले भएको हो । फोर कलरको तीन वटा छपाई मेसिन खरिद गर्न सफल भयौं । मेसिनको संख्या २ थियो ३ थप्दा ५ वटा छपाई मेसिन भयो । ८० हजार प्रतिदिन छपाई क्षमता भएकोमा मेसिन थपिएसँगै प्रतिदिन छपाई क्षमता पनि २ लाख ४० हजार छपाई गर्ने क्षमतामा पुगेका छौं । कागज खरिदमा समस्या नहुँदा पुसपछि निरन्तर रुपमा मसिन सञ्चालन गरिरहेका छौं । कागज अभावको कारण छपाई मेसिन बन्द भएन । स्थायी र जेलदारीका जनशक्ति थप गरेर छपाई गर्न सफल भयौं । चालुपुँजीको पनि समस्या भएन । राष्ट्रिय वाणिज्य बैंक र नागरिक कोषबाट ऋण लिएका छौं । ऋण चुक्ता पनि भइरहेको छ । ७५ करोड राष्ट्रिय वाणिज्य बैंक र १० करोड गरी ८५ करोड ऋणमा ४० करोड चुक्ता समेत गरिसकेका छौं । प्रधानमन्त्री कार्यालयबाट भएको सहयोगले पनि तप सहज भयो ।’

    उनले राष्ट्रिय वाणिज्य बैंकबाट ७५ करोड र नागरिक कोषबाट १० करोड गरी ८५ करोड ऋण लिएर पुस्तक छपाई गरेको बताए । उनले पुस्तक बिक्रीवितरण गरेसँगै ४० करोड ऋण चुक्ता समेत गरिसकेको बताए । उनले प्रधानमन्त्री कार्यालयबाट भएको सहयोगले पनि पुस्तक छपाईमा थप सहज भएको बताए ।

    केन्द्रले केन्द्रिय कार्यालयबाट कक्षा ६ देखि १० सम्मका १६ लाख १३ हजार ९५४,प्रादेशिक कार्यालय विराटनगरबाट ५ लाख ७३ हजार १४, प्रादेशिक कार्यालय जनकपुरबाट ५ लाख ७० हजार ७४६, प्रादेशिक कार्यालय भरतपुरबाट १२ लाख ७ हजार ९२०,प्रादेशिक कार्यालय पोखराबाट ७७ हजार ५ हजार ६ सय, प्रादेशिक कार्यालय बुटवलबाट ६ लाख ३४ हजार ४७४, प्रादेशिक कार्यालय नेपालगञ्जबाट १० लाख ३८ हजार, प्रादेशिक कार्यालय सुर्खेतबाट ३ लाख ५२ हजार २ सय र प्रादेशिक कार्यालय धनगढीबाट ६ लाख ६ हजार ४८१ गरी ७४ लाख ७२ हजार ३८९ पाठ्यपुस्तक बिक्रीवितरण भएको छ । सामग्री केन्द्रका अनुसार अझै १८ जिल्लाका विद्यालयहरुमा पुस्तक पुग्न बाँकी रहेको छ ।

    जसमासोलुखुम्बु,धनकुटा,मोरङ,सुनसरी,झापा,सिरहा,सर्लाही,बारा,पर्सा,रुपन्देही,बाँके,बर्दिया,दैलेख,सुुर्खेत,डोटी,डडेलधुरा,कञ्चनवुर र कैलाली जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक बिक्रीवितरण हुन बाँकी रहेका छ । सामग्री केन्द्रका अनुसार बिक्रीवितरण हुन बाँकी जिल्लाहरुका केन्द्रिय कार्यालय तथा प्रादेशिक कार्यालयहरुबाट पाठ्यपुस्तक बिक्रीविरण कार्य भइरहेको छ । नयाँ शैक्षिकसत्र २०८० वैशाख १५ गतेभित्र सबै जिल्लाहरुमा पाठ्यपुस्तक पुर्‍याउने गरी काम गरिरहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend