logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • फोहोर नउठाउने महानगर प्रमुख बालेन साहकाे निर्णयविरुद्ध सर्वोच्चमा रिट

    फोहोर नउठाउने महानगर प्रमुख बालेन साहकाे निर्णयविरुद्ध सर्वोच्चमा रिट

    2.4K
    Shares
    फोहोर नउठाउने महानगर प्रमुख बालेन साहकाे निर्णयविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौँ । सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

    वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगर प्रमुखको उक्त निर्णयविरुद्ध रिट दायर गरेका हुन्। उनले महानगरपालिका र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई विपक्षी बनाएर रिट दायर गरेका छन्।

    ‘काठमाडौं महानगरपालिकाले काठमाडौंको सिंहदरबार क्षेत्रभित्र, राष्ट्रपतिको कार्यालयको क्षेत्र भित्र, प्रधानमन्त्रीको आवास क्षेत्र भित्रको फोहरमैला संकलन नगर्ने कुनै निर्णय गरेको भए उक्त निर्णय उत्प्रेषणको आदेशले बदर गरी पाउँ।’ रिटमा उल्लेख छ।

    स्थानीय तहहरुको समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बेवास्ता गरेका कारण तत्काल समन्वयका लागि परमादेशको पनि माग गरिएको छ। उक्त रिटमाथि मंगलबार सुनुवाइ हुने बताइएको छ।

    संघीय सरकारले आफूलाई काम गर्न सहयोग नगरेको भन्दै महानगर प्रमुख साहले सिंहदरबार, बालुवाटार शितलनिवास लगायत विशिष्ठ कार्यालयको फोहर नउठाउन फोहर संकलन गर्ने कम्पनीलाई आदेश दिएपछि देखि फोहर थुप्रिएर वातावरण प्रदुषित भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend