logo

२०८१ असार ४ मंगलबार

logo
  • मंगलबार, ४ असार २०८१
  • राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लाने तयारी

    राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लाने तयारी

    1.7K
    Shares
    राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लाने तयारी

    काठमाडौं । अस्वस्थ भएर अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लाने तयारी भएको छ।

    पौडेलको स्वस्थमा समस्या देखिएपछि मंगलबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

    छातीमा देखिएको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लान चिकित्सक र परिवारबीच परामर्श भइरहेको हो ।

    परिवारका सदस्यले थप उपचारका लागि भारत लानुपर्ने बताएपछि सरकारले एयर एम्बुलेन्समार्फत् भारत लाने तयारी गरेको हो।

    केही दिनअघि पनि पौडेल पेटसम्बन्धी समस्या भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। यसअघि चैत १८ गते अस्पाल भर्ना भएर उनी २२ गते डिस्चार्ज भएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend