logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • १७ स्वर्णसहित काठमाडौं टिम च्याम्पियन

    १७ स्वर्णसहित काठमाडौं टिम च्याम्पियन

    1.8K
    Shares
    १७ स्वर्णसहित काठमाडौं टिम च्याम्पियन

    काठमाडौँ । काठमाडौंले १३ औं राष्ट्रपति रनिङ सिल्ड वागमती प्रदेश छनोट प्रतियोगिताको उपाधि जितेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा सर्वाधिक १७ स्वर्ण जित्दै काठमाडौं टिम च्याम्पियन बनेको हो ।

    प्रदेश खेलकुद विकास परिषद्, वागमतीद्वारा आयोजित प्रतियोगितामा चितवन १० स्वर्णकासाथ दोस्रो भयो । तेस्रो स्थानको मकवानपुरले ६ स्वर्ण हात पार्‍यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पारेको प्रदेश खेलकुद विकास परिषद्, वागमती प्रदेशका कार्यालय प्रमुख देवनारायण चौधरीले जनाएका छन् ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको अन्तिम दिन छात्रको भलिबलमा चितवन पहिलो, धादिङ दोस्रो तथा मकवानपुर र ललितपुर तेस्रो भए । छात्रामा काठमाडौंले स्वर्ण, मकवानपुरले रजत तथा काभ्रे र ललितपुरले काँस्य जिते ।
    कबड्डीको छात्रमा काभ्रे पहिलो, काठमाडौं दोश्रो तथा धादिङ र मकवानपुर तेश्रो बने । छात्रामा काठमाडौं विजेता, धादिङ उपविजेता तथा मकवानपुर र भक्तपुर तेस्रो बने ।

    विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्, वागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, राखेपका बोर्ड सदस्यद्वय अञ्जन धमला र प्रकाश कुसारी, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र उप–महासचिव पिताम्बर तिम्सिना, प्रचारप्रसार शाखाका प्रमुख खुशराज दाहाल, नेपाल कराँते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

    तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु गरी ६ खेलमा ५२ स्वर्णका लागि प्रतिष्पर्धा भएको थियो । प्रदेश खेलकुद विकास परिषद्, वागमती प्रदेशका कार्यालय प्रमुख देवनारायण चौधरीका अनुसार जम्मा १ हजार २ सय ९ खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend