logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • एसीसी प्रिमियर कप: सिंगापुरसामू बहराइनले दियो जितका लागि २८७ रनको लक्ष्य

    एसीसी प्रिमियर कप: सिंगापुरसामू बहराइनले दियो जितका लागि २८७ रनको लक्ष्य

    1.3K
    Shares
    एसीसी प्रिमियर कप: सिंगापुरसामू बहराइनले दियो जितका लागि २८७ रनको लक्ष्य

    काठमाडौँ । काठमडौँमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूह ‘बी’ को खेलमा बहराइनले सिंगापुरलाई २८७ रनको लक्ष्य दिएको छ ।

    टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २८६ रन बनाएपछि सिंगापुरले ठूलो चुनौती पाएको हो । बहराइनका लागि फियाज अहमदले ५९ बलमा ९ चौका र एक छक्का प्रहार गर्दै ७९ रन बनाए । त्यस्तै, शाहबाज बादरले ९८ बलमा आठ चौका र एक छक्का प्रहार गर्दै ७६ रन बनाए ।

    साहिल अहमदले ४६, कप्तान हैदर बुटले २९ र मोहम्मद युनिसले २३ रन बनाए । बलिङतर्फ सिंगापुरका रमेश कलिमुथु, थिलिपन ओमाइदुराई र विनोथ बास्करणले समान २–२ विकेट लिए ।

    सिंगापुर पहिलो जितको खोजिमा छ । सिंगापुरले यसअघि आफ्नो पहिलो खेलमा हङकङसँग हार ब्यहोरेको थियो । यता, बहराइन भने पहिलो जित निकाल्ने लक्ष्यमा छ ।

    त्यस्तै, मूलपानी क्रिकेट मैदानमा भएको समूह ‘ए’ को खेलमा साउदी अरबले मलेसियालाई १५४ रनको सामान्य लक्ष्य दिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend