काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदलाई नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले बधाई दिएकी छन्।
बिहीवार परराष्ट्र मन्त्रालयमा राजदूत पोलिटले भेट गरी मन्त्री साउदलाई बधाई दिएकी हुन्।
त्यसअवसरमा उनीहरुबीच आपसी विकास सहयोग, नेपाल र बेलायतबीच १०० वर्ष लामो सम्बन्ध एवम् जलवायु परिवर्तन र आपसी हितका अन्य क्षेत्रका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री नियुक्त भएयता साउदसँग भारत, अमेरिकालगायत देशका राजदूतले भेटेरै बधाई दिइसकेका छन्।