logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • एसीसी प्रिमियर कप: नेपाललाई कप्तान रोहितसहित तीन विकेटकाे क्षति

    एसीसी प्रिमियर कप: नेपाललाई कप्तान रोहितसहित तीन विकेटकाे क्षति

    868
    Shares
    एसीसी प्रिमियर कप: नेपाललाई कप्तान रोहितसहित तीन विकेटकाे क्षति

    काठमाडौँ । एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेटमा नेपालले सम्हालिएर प्रदर्शन गरेका कप्तान रोहित पौडेल आउट भएका छन् ।

    खाता नखोल्दै दुवै ओपनर गुमाएको नेपालको पारि सम्हाल्न कप्तान रोहित पौडेल र भीम सार्कीले नेपालको स्कोर बोर्डमा ५० रन कटाएका थिए ।

    तर, कप्तान पौडेल २३ रन बनाएर आउट भए । उनले ३४ बल खेल्दा २ चौका प्रहार गरेका थिए । रोहितलाई फियाज बटले १७‍‍.१ ओभरमा आउट गरेका हुन् ।

    कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा आएको नेपालले रनको खाता नखोल्दै पहिलो र दोस्रो विकेट गुमाउन थियो ।

    नेपालका कुशल भुर्तेल एलबीडब्ल्यू आउट भएका थिए । ओमानले पहिलो ओभर मेडन राखेको थियो भने २.२ ओभरमा नेपालका भुर्तेल आउट भए ।

    विलाल खानले भुर्तेललाई आउट गरेका हुन् । त्यसपछि ३.४ ओभरमा अर्का ओपनर आशिफ शेख पनि बोल्ड आउट भए । उनलाई कलिमुल्लाहले बोल्ड गरेका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend