logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • ट्रस्टको जग्गा भाडा प्रकरण राज्य दोहनको चरम उदाहरण: कोइराला

    ट्रस्टको जग्गा भाडा प्रकरण राज्य दोहनको चरम उदाहरण: कोइराला

    2.3K
    Shares

    पौष ४ काठमाडौं प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारी जग्गा हडप्न सरकारकै मन्त्रीहरु सक्रिय रहेको बताएका छन्।

    साथै उनले यस विषयमा पार्टीले संसद र सडकबाट कडा विरोध गर्नुपर्ने बताएका छन्। कम्युनिष्ट सरकारबाट नीजि क्षेत्र पोस्नेगरी भएको निर्णय राज्य दोहन र बदमासी भएको भन्दै उनले यसमा सशक्त आवाज उठाउनुपर्ने बताएका हुन्।

    सामाजिक सञ्जाल फेसबुकमा नेता कोइरालाले लेखेका छन्, ‘सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा,काठमाडौस्थित गोकर्ण जंगल र दरबारमार्गको जग्गा सरकार र मन्त्रीहरुको मिलेमतोमा ऐन नै संशोधन गरेर यति होल्डिङ्सलाई दिएको छ। राज्य दोहनको चरम उदाहरण हो यो। मुलुकका लागि यो भन्दा बदमासी के हुन सक्छ? यस बिषयमा जनताले सरकार र मन्त्रीहरुसँग प्रश्न गर्ने समय आएको छ।’

    उनले थप लेखेका छन्, ति होल्डिङ्सलाई दिइएको जग्गा, वालुवाटार जग्गा र झापास्थित प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा भएको ५० बिघाभन्दा बढी जग्गाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम प्रभावकारी देखिएन। यस्ता विषयमा नेपाली कांग्रेस पार्टीले संसद र सडकबाट जोडदार आवाज उठाउनुपर्छ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend