logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • महानगरले फोहोरका नाममा शुल्क मात्र असुली गरेको सहरी विकास मन्त्रालयको आरोप

    महानगरले फोहोरका नाममा शुल्क मात्र असुली गरेको सहरी विकास मन्त्रालयको आरोप

    763
    Shares
    महानगरले फोहोरका नाममा शुल्क मात्र असुली गरेको सहरी विकास मन्त्रालयको आरोप

    काठमाडौं । फोहोर व्यस्थापनमा काठमाडौं महानगरले न्यूनतम जिम्मेवारी पनि पूरा नगरेको भन्दै संघीय सरकारले महानगरलाई दुईपटक चिठी पठाएको छ ।

    सहरी विकास मन्त्रालयका सहसचिव एवं बन्चरे डाँडा ल्यान्डफिल्ड आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक रवीन्द्र बोहोराका अनुसार संघीय सरकारले बनाएको मापदण्ड न्यूनतम रूपमा पनि पूरा नगरी काठमाडौं महानगरले फोहोर विसर्जन गरेकाले २०७९ असार ३ र पुस २७ गते गरी दुईपटक महानगरलाई चिठी पठाएको छ ।

    सहरीले दुईदुईपटक चिठी पठाउँदासम्म महानगरले संघीय सरकारलाई वेवास्ता गरेको उनले बताए। सहरीले महानगरलाई पठाएको चिठीमा मापदण्डबमोजिम फोहोरमैला विसर्जन गर्नुपूर्व कुहिने र नकुहिने फोहोर छुट्याएर नराखेको, फोहोरको तौल लिई अभिलेख नराखेको, तोकिएको निश्चित स्थानमा फोहोर विसर्जन नगरेको, भेन्ट पाइप (फोहोरबाट उत्पन्न ग्यास जाने पाइप) मापदण्डबमोजिम विस्तार नगरेकोलगायत विषयमा विभागले महानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

    यस विषयलाई महालेखापरीक्षकको कार्यालयको पछिल्लो प्रतिवेदनले पनि गम्भीर ध्यानाकर्षण गराएको छ । यो समाचार नागरिक दैनिकमा छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend