
पाल्पा । पाल्पाको जोरधारामा आज बिहान भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र थापाका अनुसार दुर्घटनामा घाइते भएकी महिलालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हाे ।
मृतकको परिचय नखुलेको डिएसपी थापाले बताए। आइतबार बिहान बुटवलबाट बाग्लुङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुवाहक बस पाल्पाको जोरधारामा दुर्घटना भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक (इन्सपेक्टर) फर्सुराम गौतमले दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगी उद्दार कार्य थालिएको जानकारी दिए।
उनका अनुसार अहिलेसम्म २० जना घाइतेलाई उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि पठाइएको छ । तीमध्ये केहीको अवस्था गम्भीर छ
बसमा कति यात्रु थिए भन्ने यकिन विवरण आइनसकेको र घटनास्थलमा सम्भावित घाइतेहरूको खोजी गरी उद्भार गर्ने कार्य भइरहेकाे प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend