logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • विद्युत आपूर्तिमा देखिएको समस्या १५ दिनमा समाधान हुन्छः प्रवन्ध निर्देशक घिसिङ

    विद्युत आपूर्तिमा देखिएको समस्या १५ दिनमा समाधान हुन्छः प्रवन्ध निर्देशक घिसिङ

    1.6K
    Shares
    विद्युत आपूर्तिमा देखिएको समस्या १५ दिनमा समाधान हुन्छः प्रवन्ध निर्देशक घिसिङ

    काठमाडौँ । विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सुक्खा यामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको बताएका छन् ।

    आईतवार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले सुक्खायामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको बताएका हुन् ।

    उनले पूर्वका उद्योगी व्यवसायीहरुले ४ दिनदेखि विद्युत कटौति गरेर लोडसेडिङ गरेको बताए पनि लोडसेडिङ नभएको दाबी गरे । उनले विराटनगर करिडोर क्षेत्रमा विद्युत लाइनमा प्राविधिक समस्या तथा सुक्खायामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा कमी भएको कारण विद्युत कटौति गरेको स्वीकार गरे ।

    प्रवन्ध घिसिङले विराटनगर ओद्योगिक क्षेत्रमा विद्युत आपूर्तिमा प्राविधिक समस्या आएकाले ४ दिन विद्युत लोड कटौति भएको बताए । उनले सुक्खायाममा माग अनुसार उत्पादन नहुने भन्दै अझ गत वर्षको भन्दा यो वर्ष राम्रो अवस्थामा प्राधिकरण रहेको बताए । उनले गत वर्ष धेरै अप्ठयाराे अवस्थामा विद्युत आपूर्ति गरेको भन्दै विराटनगर औद्योगिक करिडोरमा देखिएको समस्या तत्काल समाधान हुने बताए । उनले अहिले उत्पादन घटेको भन्दै प्राधिकरणले अधिकांश औद्योगिक क्षेत्रको लोड कटौति गरेको बताए ।

    प्रवन्ध निर्देशक घिसिङले यो ‘सर्ट टर्म’को समस्या भएको भन्दै १०/१५ दिनमा समाधान गर्ने प्रतिवद्धता जनाए । उनले यो वर्ष विद्युत आपूर्तिमा समस्या नहुने गरी काम गरिरहेको दाबी गरे । उनले पूर्वमा सबस्टेसनको ब्रेकरमा समस्या आएकाले केही दिन आपूर्ति प्रभावित भएको बताए । उनले अहिले समस्या समाधान भइसकेको र शनिवारदेखि विराटनगरमा सामान्य रुपमा विद्युत प्रवाह भइरहेको दाबी गरे । उनले गत वर्षको हिउँदको समयमा भन्दा यो वर्ष २५ देखि ३० प्रतिशतसम्म विद्युत उत्पादन घटेको बताए । उनले हिउँ र पानी नपरेकाले निजी क्षेत्रको उत्पादन समेत १५ प्रतिशतको हाराहारीमा मात्रै रहेको बताए ।

    उनले भने,‘गत वर्षको भन्दा नेपाल विद्युत प्राधिकरण यो वर्ष राम्रो पोजिसनमा छौं । गत वर्ष प्राधिकरणलाई धेरै अफ्ठ्यारो थियो । बाहिरबाट धेरै विद्युत आयात गर्नसक्ने अवस्थामा थिएनौं । नेपालमा विद्युत उत्पादन पनि धेरै बढेको अवस्था थिएन । तर यो वर्ष विगत केही समय देखि उद्योगी व्यवसायीहरुले धेरै लोडसेडिङ भयो भन्ने गुनासो गर्नुभएको छ । लोडिसेडिङ हुनुमा थोरै प्राविधिक विषयहरु रहेका छन् । पूर्वका उद्योगीहरुले ४ दिनदेखि गुनासो गर्नुभएको छ । एक हप्तादेखि पूर्वमा प्राविधिक समस्या पनि थियो । रुपमणि सबस्टेशनको ब्रेकर पड्कको हुनाले ब्रेकर परिवर्तन गर्दा एउटा सर्किट बाइपास गर्नुप¥यो । त्यहाँ १३२ केभीको दुईवटा मात्रै ढल्केवरबाट पूर्व जाने ट्रान्समिसन लाईन छ । त्यसकारण दुई तिन दिन समस्या भएको हो। त्यो समस्या समाधान भएको छ । बिहार र कटैयाँबाट एउटा सर्किटबाट समय–समयमा ब्रेकरमा समस्या हुँदा अभरलोड भएर तार चुडिदा समस्या भएको हो । अहिले ब्रेकर मर्मत भएको छ । शनिवारदेखि सामान्य छ । विराटनगर औधोगिक करिडोर क्षेत्रमा सबै उद्योगीहरुले नरमल रुपमा नै विद्युत पाइराख्नु भएको छ । बिहान र बेलुकको पिक समयमा पनि पाइराख्नुभएको छ । बेलुकाको पिकमा पुग्दैन । तर पनि प्राधिकरण विद्युत दिइरहेको छ । काबेली करिडोर यो वर्षको विद्युत उत्पादनको कुरा गर्दा प्राधिकरणसँग गत वर्ष यो समयमा जडित क्षेमता भनेको २ हजार मेगावट जति थियो । पानी धेरै परेको हुनाले सबै खोलाहरुमा राम्रो विद्युत उत्पादन थियो । विद्युत उत्पादन राम्रो थियो । त्यसो हुँदा गत वर्ष अप्रिलको अन्तिमसम्म राम्रो थियो । यो वर्ष हिँउ र पानी दुवै नपरेको कारण विद्युत उत्पादन घटेको छ । समग्रमा सबै उत्पादन कम भएको छ । अहिले २५ देखि ३० प्रतिशत गत वर्षको तुलना घटेको छ । यो वर्ष विद्युत उत्पादन क्षेमता २७ सय मेगावाट पुगेको छ । निजी क्षेत्रले उत्पादन गरेको विद्युत १५ प्रतिशत पनि उत्पादन भएको छैन । यो वर्ष नै सबै भन्दा सुक्खा सिजन होला ।’

    उनले नेपालको कुल जडित क्षमता करिव २५०० मेगावाट पुगेको बताए । उनले स्थानीय माग धान्नका लागि ५०० मेगावाट विद्युत भारतबाट आयात भइरहेको बताए । उनले पछिल्लो समय ५०० मेगावाट औद्योगिक लोड थपिएको भन्दै प्राधिकरणले माग गर्ने सबै उद्योगहरुको लोड स्वीकृत गर्ने गरेको बताए । उनले विद्युतको माग पूरा गर्नका लागि कुलेखानी जलाशययुक्त जलविद्युत आयोजना २४ सै घण्टा चलाइरहेको घिसिङले बताए । उनले बिहान बेलुकी पीक आवरमा भने दिन नसकिएको स्वीकार गरे ।

    प्रवन्धक निर्देशक घिसिङले आगामी १०/१५ दिनमा विद्युत मागमा रहेको समस्या समाधान हुने बताए । उनले यो वर्ष करिव २८०० मेगावाट विद्युत प्रणालीमा पुग्ने भन्दै नेपालको माग २००० मेगावाटसम्म पुग्ने अनुमान रहेको बताए । उनले पीक आवरको माग भने करिव १७५० मेगावाट पुगेको बताए ।

    उनले औसत विद्युतको माग करिब १३०० मेगावाट र बेस लोड १२०० मेगावाट रहेको बताए । उनले विद्युत माग पूरा गरेर नेपालबाट करिव १२०० मेगावाट विद्युत निर्यात गर्र्ने गरी प्राधिकरणले योजना बनाइरहेको बताए । उनले जेठको पहिलो हप्ताबाट नै विद्युत निर्यात गर्ने बताए । उनले सर्ट समयको लागि सुक्खाको कारण भएको समस्यालाई ठूलो समस्याका रुपमा लिन नहुने बताए ।

    उनले उद्योगहरुले अहिले लोडसेडिङ भयो भनेपनि गत वर्ष उद्योग नचलेको कारण धेरै विद्युत खेर गएको बताए । उनले उद्योगीहरुले वर्षामा उद्योग नचलाउने भएकाले वर्षाको विद्युत खेर फाल्नुपर्ने अवस्था रहेको बताए । उनले विद्युत माग अनुसार पाउनको लागि उद्योगहरुले तालिका बनाएर सञ्चालन गर्नु आवश्यक रहेको बताए । जाडो महिनामा काठमाडौं र पोखरामा र गर्मी महिनामा तराईमा विद्युतको माग धेरै हुने गरेको उहाँको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend