logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • लम्बिनी प्रदेशमा ढल्यो एमाले नेतृत्वको सरकार

    लम्बिनी प्रदेशमा ढल्यो एमाले नेतृत्वको सरकार

    1.7K
    Shares
    लम्बिनी प्रदेशमा ढल्यो एमाले नेतृत्वको सरकार

    लुम्बिनी । नेकपा एमालेका लिला गिरी नेतृत्वको लुम्बिनी सरकार ढलेको छ। मुख्यमन्त्री गिरीले प्रदेश सभाबाट विश्वासको मत गुमाएसँगै सरकार ढलेको हो।

    गिरीले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सभाबाट विश्वासको मत पाऊँ भन्ने प्रस्ताव राखेका थिए। गिरीले राखेको विश्वासको मतको प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत भएको सभामुख तुलाराम घर्ती मगरले घोषण गरे। लुम्बिनी प्रदेश सभाको सोमवारको बैठकमा विश्वासको मतको पक्षमा ३३ जना सांसदले मात्रै मतदान गरे। विश्वासको मतको प्रस्तावको विपक्षमा ५३ सांसद उभिए।

    केन्द्रमा बनेको नयाँ सत्ता समीकरणसँगै लुम्बिनीमा नेकपा (एमाले) का गिरी नेतृत्वको सरकार पनि अल्पमतमा परेको थियो। गएको चैत १२ मा माओवादीसहित अन्य सत्ता सहयात्री दल गिरी नेतृत्वको सरकारबाट बाहिरिएका थिए।

    लुम्बिनी प्रदेश सभामा ८७ जना सांसद छन्। यहाँ नयाँ सरकार गठनका लागि ४४ सांसदको समर्थन चाहिन्छ। प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४र४, जनमत पार्टी र जसपाका ३र३, एकीकृत समाजवादीका एक र एकजना स्वतन्त्र सांसद छन्।

    मुख्यमन्त्री गिरीलाई एमालेका २९ र राप्रपाका चार सांसदले मात्रै समर्थन गरेका छन्। विश्वासको मत नपाए पनि एमाले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतमा नयाँ सरकार बनाउने योजनामा छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend