सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

गत मंसिरको चुनावमा आफैँले कायम गरेको रेकर्ड तोड्दै ५० हजार भन्दा बढी मत ल्याएर रविको विजय यात्रा

गत मंसिरको चुनावमा आफैँले कायम गरेको रेकर्ड तोड्दै ५० हजार भन्दा बढी मत ल्याएर रविको विजय यात्रा

चितवन । चितवन–२ को उपचुनावमा गत मंसिरको आम निर्वाचनमा भन्दा ५ प्रतिशत कम मत खसको भएतापनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले पाएको मत भने बढेको छ ।

जित सुनिश्चित गरिसकेका लामिछानेले ८ हजार मत गन्न बाँकी छँदा ५० हजार भन्दा बढी मत प्राप्त गरिसकेका छन्। जुन उनले गत मंसिरको निर्वाचनमा पाएको भन्दा बढी हो । मंसिरमा उनले ४९ हजार ३०० मत पाएका थिए ।

गत मंसिरमा ६७.६३ पहिला खसेकोमा यसपटक भने ६२.७७ प्रतिशत मत खसेकोमा चितवन २ को उपचुनावमा कुल १ लाख २४ हजार ६९५ मतदाता रहेकोमा ७८ हजार २७७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जसमध्ये ७० हजार २३९ मत गनिसक्दा लामिछानेले ५० हजार ७९ मत पाएका छन् । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ९ हजार १६५ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत पाएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend