logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मेलम्ची खानेपानी काठमाडौंमा निरन्तर वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन आवश्यक : नेता सिंह

    मेलम्ची खानेपानी काठमाडौंमा निरन्तर वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन आवश्यक : नेता सिंह

    1.3K
    Shares
    मेलम्ची खानेपानी काठमाडौंमा निरन्तर वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन आवश्यक : नेता सिंह

    काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मेलम्ची खानेपानी काठमाडौंमा निरन्तर वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

    उनले फेरी वर्षा हुनु हुन लागेकाले सो पानी वर्षा याममा पनि काठमाडौं आउने गरी निर्माणको कामलाई तीव्रता दिन सरकारसँग माग गरेका हुन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सिंहले काठमाडौंबासीलाई खानेपानीको संकटमा पार्ने काम सरकारले गर्न नहुने पनि बताए । उनले भने, ‘बर्षा याम सुरु हुँदैछ । मेलम्ची खानेपानी फेरी पनि रोकिने हो कि भन्ने पीरले काठमाडौंबासीलाई धेरै मर्का परिरहेको कुरा सम्बन्धित मन्त्रालयले, त्यसमा पनि विशेष गरेर नेपाल सरकारले काठमाडौंबासीलाई निरन्तर रुपमा खानेपानी वितरणको लागि मेलम्ची खानेपानीको व्यवस्थापनको कामलाई तदारुपकताका साथ अघि बढाउन माग गर्दछु ।’

    नेता सिंहले काठमाडौंबासीले सधैं पानीको अभाव सहनुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लागि पर्नुपर्ने समेत बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend