logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाली समाजले भ्रष्टाचार स्वीकार्नु डरलाग्दो विषय होः सन्तोष परियार

    नेपाली समाजले भ्रष्टाचार स्वीकार्नु डरलाग्दो विषय होः सन्तोष परियार

    1.1K
    Shares
    नेपाली समाजले भ्रष्टाचार स्वीकार्नु डरलाग्दो विषय होः सन्तोष परियार

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली समाजले भ्रष्टाचार स्वीकारीसकेको बताएका छन् । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथिको छलफलमा भाग लिँदै यस्तो बताएका हुन् ।

    उनले समाजले भ्रष्टाचार स्वीकार्नु सबैभन्दा ठूलो विषय भएको बताए । उनले संस्कृतिमा भएको भ्रष्टाचारलाई कसरी निवारण गर्ने ? भन्ने बारेमा सोच्न जरुरी रहेको बताए । उनले नेपालमा नीतिगत, राजनीतिक व्याप्त भएको बताए । उनले राज्यले भ्रष्टाचार गर्दा जनता गरिव भएको बताए ।

    उनले भने, ‘हाम्रो संस्कृति नै भ्रष्ट छ । संस्कृतिमा भएको भ्रष्टाचारलाई कसरी निवारण गर्ने ? कानूनले मात्रै सबैकुरा गर्छ जस्तो मलाइ लाग्दैन । हामीले हाम्रो सभ्यताको जतिसुकै कुरा गरेपनि हाम्रो सभ्यतामा केही त्यस्ता समस्याहरु छन्, जसले हामीलाई अघि बढ्न दिएको छैन । हाम्रोमा भ्रष्टाचार नीतिगत छ । राजनीतिक भ्रष्टाचार छ, हाम्रो भ्रष्टाचार शक्तिले गर्छ । कमजोरहरुले गर्दैनन् । यो सबैभन्दा ठूलो अपराध हो । यसले गरिव बनाएको छ । जनता आफैँ आफ्ना कारणले गरिव छैनन् । राज्यले भ्रष्टाचार गर्छ, जनतालाई गरिव बनाउँछ । सिमित मानिसलाई मात्रै धनी बनाउँछ । यो विधेयकमा यस्ता कुरा आउनुपर्छ । नेपाली समाजले भ्रष्टाचार स्वीकारीसकेको छ, यो डरलाग्दो कुरा हो । मानिसले कसरी कमायो भन्नेकुरा हामी हेर्दैनौँ तर पैसा हुने मानिसको समाजमा अर्कै रबाफ छ । राजनीतिमा अर्कै स्थन छ । यसले समग्र विकास र सम्भावनालाई बिगारीरहेको छ ।’

    प्रमुख सचेतक परियारले मानिसले कसरी कमायो भन्नेकुरा समाजले नहेर्ने गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend