डोटी । डोटीको जोरायल गाउँपालिका–१ तुसे गाउँमा एक महिलाको भीरबाट लडेर ज्यान गएको छ । इलाका प्रहरी कार्यालय विपीनगरका अनुसार भीरबाट लडेर ज्यान गुमाउनेमा जोरायल गाउँपालिका–१ तुसे बस्ने २१ वर्षीया अनिता मल्ल छन् ।
बिहान घर नजिकैको जंगलमा स्याउला ल्याउन गएकी मल्ल घर नफर्कीएपछि परिवारले खोजी कार्य गर्ने क्रममा उनी घरदेखि करिब दुई किलोमीटर टाढा भीरबाट लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको इलाका प्रहरी कार्यलय विपीनगरका प्रहरी निरीक्षक लोकेन्द्र गुरुले जानकारी दिए।