logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौं महानगरले फोड्यो शिक्षा विभागको ताला, बालेन भन्छन्- ‘विद्यालयमा राजनीति गर्नु अपराध नै हो’

    काठमाडौं महानगरले फोड्यो शिक्षा विभागको ताला, बालेन भन्छन्- ‘विद्यालयमा राजनीति गर्नु अपराध नै हो’

    2.4K
    Shares
    काठमाडौं महानगरले फोड्यो शिक्षा विभागको ताला, बालेन भन्छन्- ‘विद्यालयमा राजनीति गर्नु अपराध नै हो’

    काठमाडौं । काठमाडौं । नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले बुधबार दिउँसो महानगरको शिक्षा विभागमा लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेको छ ।

    ‘विद्यालयमा राजनीतिक कार्यक्रम नगर्नु’ भन्ने निर्देशनको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले काठमाडौं महानगरको शिक्षा विभागमा बिहीबार दिउँसो तालाबन्दी गरेको थियो ।

    विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फोरेर विफल पारीएको महानगरका मेयर बालेन साह बताएका छन् ।

    उनले भने,‘विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ। त्यस माथि पनि दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो। यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फोरेर विफल पारेको हो । ’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend