logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • विधायन व्यवस्थापन समितिको सभापति चयन बैशाख २५ हुने

    विधायन व्यवस्थापन समितिको सभापति चयन बैशाख २५ हुने

    2K
    Shares
    विधायन व्यवस्थापन समितिको सभापति चयन बैशाख २५ हुने

    काठमाडौँ । राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको सभापतिको निर्वाचनमा यही बैशाख २५ गते हुने भएको छ ।

    शुक्रबार राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो जानकारी गराएका हुन् । त्यस अवसरमा उहाँले सो निर्वाचन कार्यक्रम सार्वजनिक गर्न पनि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँललाई निर्देशन दिए ।

    उनले भने, ‘राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० बमोजिम राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समिति सभापतिको निर्वाचनका लागि मिति २०८० बैशाख २५ गते सोमबार अपरान्ह २ बजेको समय तोकेको छु । समिति सभापतिको निर्वाचन सम्बन्धि कार्यक्रमको सूचना प्रकाशन गर्न राष्ट्रियसभाका सचिवलाई निर्देशन गर्दछु ।’

    त्यसैगरी बैठकले राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा राष्ट्रियसभाबाट प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ र मदनकुमारी साह गरिमालाई मनोनयन पनि गरेको छ । अध्यक्ष तिमिल्सिनाले प्रस्ताव गर्नु भएको सो नामावलीलाई बैठकले सहमती दिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend