logo

२०८१ पुष २२ सोमबार

logo
  • सोमबार, २२ पुष २०८१
  • प्रमका प्रेस सल्लाहकार सुर्य थापालाई भीम रावलको जवाफ: जिम्मेबारीबारे मलाइ उपदेश दिने अधिकार तपाइँलाई कसले दियो?

    प्रमका प्रेस सल्लाहकार सुर्य थापालाई भीम रावलको जवाफ: जिम्मेबारीबारे मलाइ उपदेश दिने अधिकार तपाइँलाई कसले दियो?

    2.3K
    Shares

    पौष ७ काठमाडौं एकसाता चलेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक आइतबार सकिएको छ। बैठकपछि केही सञ्चार माध्यमले बैठकका निर्णयबारे नेता भीम रावललाई प्रश्न गरे। रावलले सञ्चारकर्मीलाई स्थायी समिति बैठकका निर्णयबारे फटाफट जानकारी दिए। तर भीम रावलले सञ्चारकर्मीमाझ बोलेकोमा नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आपत्ति जनाएका छन्।

    आइतबार राति थापाले आफ्नो फेसबुकमा भीम रावलले मिडियासामू बोलेको भीडियो सेयर गर्दै त्यसको कडा आलोचना गरेका छन्। पार्टीका निर्णय सुनाउने जिम्मा पार्टी प्रवक्ताको भएकोले रावलले प्रवक्ताको काम गर्नु अराजक व्यवहार भएको आरोप थापाले लगाएका छन्। ‘

    ‘कमरेड भीम रावल सुदूरपश्चिम प्रदेश समन्वय कमिटी इन्चार्ज रहनुभएको छ। अनि प्रवक्ताको काममा यो के को अभ्यास हो ?’ थापाले लेखेका छन्।–‘कुन काम कसको जिम्माको हो ? ख्याल गरिदिने कसले हो त ? अन्यथा, कार्यविभाजनबाट निर्धारित जिम्मेवारी कुण्डल र बुलाकीजस्तो हुने, अनि जो पनि प्रवक्ता जस्तो बनेर प्रस्तुत हुने अराजकता हावी हुन्छ।’

    यसको जवाफमा नेता रावलले आफूलाई जिम्मेबारीबारे उपदेश दिने धृष्टता नगर्न थापालाई चेतावनी दिएका छन्। नेता रावलको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव गोविन्द दुवालले फेसबुकमा लेखेका छन्, ‘अछाममा एउटा प्रसिद्ध उखान छ, ‘ताल खुसेको थापाउदिन पटुका गड्याउदि’ अर्थात् लुगा तल झरिसक्यो, कम्मरमा पटुका कसेर के गर्ने ? सूर्य थापाले मलाई सुदूरपश्चिमको इञ्चार्ज भएकोले संचार माध्यममा नबोल्न उपदेश दिनुभएको रहेछ। आफू प्रचार विभागको उपप्रमुख भएकोले अबदेखि अरुले संचार माध्यममा बोल्न नहुने आदेश जारी गर्नुभएको रहेछ। पार्टी विधानमा स्थायी कमिटीको बैठक तीन महिनामा र केन्द्रीय कमिटीको बैठक ६ महिनामा बस्नुपर्ने किटानी व्यवस्थाको किन पालना भएन भनी पार्टीका कुनै नेताले भन्नुभयो भने सूर्य थापाजी ती नेताको मुखमा पनि पट्टी बाँध्न जमजामाउनु हुने हो कि? म सुदूरपश्चिम प्रदेशको मात्र इञ्चार्ज भएको र राष्ट्रिय महत्वका विषयमा बोल्न नपाउने वा बोल्न नहुने हैसियतको व्यक्ति भएको भन्ने सूर्य थापाजी भ्रममा हुनुहुन्छ भने त्यस्तो भ्रमबाट मुक्त हुनु स्वास्थ्यको लागि लाभप्रद होला । कुनै क्षेत्र वा कमिटीको काममा अरुले हस्तक्षेप गर्ने भन्ने कुरा र पार्टीका निर्णित वा वहसका विषयमा भन्न बोल्न पाउने कुराको भिन्नता सहजै बुझिने कुरा हो । साथै यो व्यवस्था कसैले देश, जनता र पार्टीको बारेमा बोल्न नपाउने, सुगाजस्तो रटेरटाएको कुरा तोकिएको आज्ञाकारीले रामराम भने जस्तो मात्र गर्न पाउने व्यवस्था होइन र नेपाली जनताको बलिदान कुनै निरंकुशताका लागि होइन भन्ने कुरासमेत सबै सचेत नेपालीले जाने बुझेकै विषय हो,’।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend