logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • महावीर पुनको माग सत्ता गठबन्धनको एजेण्डा बन्नुपर्छः झलनाथ खनाल

    महावीर पुनको माग सत्ता गठबन्धनको एजेण्डा बन्नुपर्छः झलनाथ खनाल

    1.5K
    Shares
    महावीर पुनको माग सत्ता गठबन्धनको एजेण्डा बन्नुपर्छः झलनाथ खनाल

    काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले महावीर पुनको माग सत्ता गठबन्धनको एजेण्डा बन्नुपर्ने बताएका छन् । आईतवार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई ऐक्यवद्धता जनाउन माईतीघर पुगेका उनले यस्तो बताएका हुन् । उनले महावीर पुनका मागहरु गठबन्धनको बैठकमा एजेण्डा बन्नुपर्ने र टुंगो लगाउनुपर्ने बताए ।

    उनले देशका वैज्ञानिकहरुलाई एक घण्टा पनि आन्दोलनमा उत्रिनु नपर्ने परिस्थिति सरकारले निर्माण गर्न आवश्यक रहेको बताए । उनले आफू अहिले भुँइमान्छे रहेको भन्दै आफूले पुनको आन्दोलनमा पूर्ण ऐक्यवद्धता जनाएको बताए ।

    उनले महावीर पुनका मागहरु प्रधानमन्त्री एक्लैले समाधान गर्नसक्ने भन्दै प्रधानमन्त्रीले पहलकदमी लिन आग्रह गरे । उनले देशमा वैज्ञानिक आविष्कारका कुरा र नवप्रवर्तनका कुरालाई अघि बढाउनुपर्ने आवश्यक्ता रहेको बताए । आगामी आर्थिक वर्षको बजेटमा आविष्कारको क्षेत्रमा सरकारले सक्नेजति बजेट छुट्याएर अघि बढ्न आवश्यक रहेको बताए ।

    उनले भने, ‘गठबन्धनको बैठक बस्नुपर्ने हो, उहाँका एजेण्डा अघि सारेर एउटा टुंगोमा पुग्नुपर्ने हो । हाम्रो देशका वैज्ञानिकहरुलाई एक घण्टा पनि बस्नुपर्ने परिस्थिति हुनै नदिनुपर्ने थियो । तर अहिले त म पनि भुँइमान्छे हो, उहाँजस्तै संसदमा पनि छैन, सरकारमा पनि छैन । पार्टी मात्रै सरकारमा छ । पार्टीका नेताहरु बसेर एक आपसमा छलफल गर्र्नुपर्ने आवश्यक्ता म देख्छु । कुनैपनि प्रधानमन्त्रीले यस्ता समस्या एक्लै हल गर्नसक्छ । अब हामीले यो देशमा वैज्ञानिक आविष्कारका कुरालाई नवप्रवर्तनका कुरालाई अघि बढाउँछाँै भनेर उहाँले सार्वजनिक रुपमा प्रतिवद्धता जनाएर अघि बढ्न जरुरी छ । गठबन्धनलाई म भन्न चाहन्छु यो सबैको प्रक्रिया हो । यस वर्षको बजेटमा यसलाई स्वीकार गरेर कति सकिन्छ त्यही अनुसार अघि बढ्नुपर्छ । देशका अरु धेरै युवा वैज्ञानिक हुनुहुन्छ, उहाँहरुलाई काम गर्नसक्ने वातावरण बनाउनुपर्छ, अहिले हाम्रा देशका युवा वैज्ञानिकहरु बहिर्गमनमा लाग्ने खतरा पैदा भएको छ ।’

    पूर्वप्रधानमन्त्री खनालले युवा वैज्ञानिकलाई देशमा काम गर्नसक्ने वातावरण नबनाए युवा वैज्ञानिकहरु बहिर्गमनमा जाने खतरा पैदा भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend