काठमाडौँ । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल बर्षाले गर्दा प्रभावित भएको छ । पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरु ल्याइएको छ ।
खेल रोकिनुअघि यूएईले १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाएको छ । नेपालका लागि करन केसीले दुई तथा सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका छन् ।