logo

२०८१ जेष्ठ ९ बुधबार

logo
  • बुधबार, ९ जेष्ठ २०८१
  • सशस्त्र प्रहरी र संचारकर्मीबीच मैत्रीपूर्ण फुटबल खेल

    सशस्त्र प्रहरी र संचारकर्मीबीच मैत्रीपूर्ण फुटबल खेल

    2.8K
    Shares
    सशस्त्र प्रहरी र संचारकर्मीबीच मैत्रीपूर्ण फुटबल खेल

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र संचारकर्मी वीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा मैत्रीपूर्ण फुटबल खेल सोमबार सम्पन्न भएको छ ।

    सशस्त्र प्रहरी नायव उपरीक्षक सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्यालसहित सशस्त्र प्रहरी बल नेपालको टीमले सो खेलमा संचारकर्मीहरुको टीमलाई २–१ को अन्तरले जित हासिल गर्न सफल भएको हो ।

    सोही दिन प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालको विषयमा संचारकर्मीहरुले राखेका जिज्ञासाहरुको बारेमा प्रष्ट पारेका थिए भने सशस्त्र प्रहरी बल नेपालबाट २०७९ सालमा भएगरेका कामकारवाही बारे सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी गराएका सशस्त्र प्रहरीले जनाएको छ ।

    कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल लगायत विज्ञ संचारकर्मीहरु, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend