logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत

    लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत

    1.6K
    Shares
    लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत

    दाङ। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्राप्त गरेका छन् ।

    मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ५३ र विपक्षमा २९ सांसदले आफ्नो मत जाहेर गरे ।

    कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीलाई माओवादी, नागरिक उन्मुक्ति लगायतका ८ दलले पक्षमा मत दिए भने एमालेले विपक्षमा मत दिए ।

    बैशाख ११ गते एमालेका लिला गिरी नेतृत्व सरकार ढलेपछि सत्तारुढ दलको समर्थनमा कांग्रेसका चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend