सुदूरपश्चिम । सुदूरपश्चिमको हिमाली जिल्ला दार्चुलाको ब्याँस गाउँपालिका–१ बोलिनमा हिमपहिरो गएको छ ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएपी शैलेन्द्र थापाले मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण प्रभावित भएको आशंका गरिएको जानकारी दिए ।
हिम पहिरो गएको क्षेत्रमा सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमाण्डमा ३० जनाको टोली पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
बोलिनमा यार्सागुम्बा टिप्न गएका ८/९ जना त्रिपाल टाँगेर बसेका थिए ।