सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

हिमपहिरोमा बेपत्ता भएका पाँच जनाको पहिचान खुल्यो

हिमपहिरोमा बेपत्ता भएका पाँच जनाको पहिचान खुल्यो

कैलाली । दार्चुलाको व्याँस गाउँपालिका १ छाङरुस्थित भोलुम डाँडामा हिम पहिरोमा परी बेपत्ता भएकाहरुको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ५ जनाको पहिचान खुलेको हो । पाँच जना मध्ये ३ जना डोटी बुडरका छन् भने २ जना दार्चुलास्थित व्याँसको छिमेकी दुँहु गाउँपालिकाका छन् ।

डोटीको जोरायल गाउँपालिका २ बुडरकी ४५ वर्षीया नक्नी डोल्मा थापा, सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा अहिलेसम्म फेला परेकी छैनन् ।

यस्तै उक्त हिम पहिरोमा परी दुँहु गाउँपालिका ४ की ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रवीण कुँवर पनि बेपत्ता भएका छन् । उक्त क्षेत्रमा हिमपात भइरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend