logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • पठन संस्कृति विकासका लागि कोशेढुंगा सावित हुँदै प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी

    पठन संस्कृति विकासका लागि कोशेढुंगा सावित हुँदै प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी

    1.4K
    Shares
    पठन संस्कृति विकासका लागि कोशेढुंगा सावित हुँदै प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी

    काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीले पठन संस्कृतिको विकासमा टेवा पुर्‍याएको अवलोकनकर्ताहरुले बताएका छन् । नयाँ वर्षको अवसर पारेर प्रतिष्ठानको भानुभक्त कक्षमा वैशाख ४ गतेदेखि शुरु भएको प्रदर्शनी अहिले पनि जारी रहेको हो ।

    पुस्तक प्रदर्शनीमा पुगेका अवलोकनकर्ताहरुले प्रदर्शनीले पछिल्लो समय ह्रास आइरहेको पठन संस्कृतिमा टेवा दिएको बताए । अवलोकन कर्ता रामप्रसाद गुरागाईंले पुस्तकहरु उपयोगी रुहेको र पठन संस्कृतिमा आइरहको ह्रासलाई उकास्न मद्दत गर्ने बताए ।

    त्यस्तै प्रदर्शनीमा पुगेका प्रविण ढुंगेलले पुस्तक प्रदर्शनीमा खोजेका र पुरना पुस्तकहरु पाइनाले धेरै महत्वपूर्ण भएको बताए । उनले यस्ता पुस्तक प्रदर्शनीहरुले भावि पुस्तामा पठन संस्कृतिको स्थानान्तरण र पुस्तान्तरणमा सहयोग पुग्ने बताए । त्यस्तै मेलामा पुग्नुभएकी जसतारा कोजूले पठन संस्कृतिको विकासका लागि यस्ता प्रदर्शनीहरु भइरहन आवश्यक भएको बताए ।

    त्यस्तै पुस्तक व्यवस्थापन समिति संयोजक सुधिर ढुंगेलले प्स्तक प्रदर्शनीमा हजार वटा जति पुस्तकहरु रहेको बताए । उनले प्रदर्शनीमा १५ देखि ४० प्रतिशत छुटको व्यवस्था गरिएको पनि बताए । उनले पाठकको भीड र चाहनाले एक हप्तासम्म प्रदर्शनी बढाइएको उल्लेख गरे । उनले वैशाख ४ देखि १८ गतेसम्म प्रदर्शनीको समय राखेको तर दर्शकको मागका कारण एक हप्ताको समय बढाएर २५ गतेसम्म पु¥याएको बताए ।

    प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को चैत महिनासम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको छ । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगनलगायतका धेरै विषयका पठनीय एवं अति उपयोगी करिव पाँच सयभन्दा बढी थरीका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएको छ । प्रज्ञा नेपाली वृहत शब्दकोश र प्रज्ञा नेपाली अंग्रेजी शब्दकोश लगायत शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend