logo

२०८१ जेष्ठ २ बुधबार

logo
  • बुधबार, २ जेष्ठ २०८१
  • ‘२५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस- २०८०’ आवश्यक तयारी पूरा

    ‘२५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस- २०८०’ आवश्यक तयारी पूरा

    2K
    Shares
    ‘२५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस- २०८०’ आवश्यक तयारी पूरा

    सिद्धार्थनगर। २५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । यहीँ वैशाख २२ गते मूल समारोहको  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने तय भएको आयोजकले जनाएको छ ।

    बुधबार पत्रकार सम्मेलन गरी लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थलमा कार्यक्रमको तयारीबारे जानकारी गराएको हो। अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा २५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुनेछ ।

    सदस्यसचिव सानुराजा शाक्यले यस वर्षको बुद्ध पूर्णिमाको दिनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषले विशेष समारोहसाथ मनाउन मूल आयोजक समिति, त्यस अन्तर्गत मूल ब्यवस्थापन समिति र विभिन्न उप–समितिहरु गठन गरी तयारी गरिएको बताए। कार्यक्रमका लागि एक करोड रुपियाँ छुट्टयाइएको उनको भनाइ छ ।

    वैशाख १९ गते देवदहमा देवदह सुत्त र तीन बौद्ध नारी बिभुति परिचर्चा प्रवचन कार्यक्रम, वैशाख २१ गते बिहान दीप प्रज्वलन, महापरित्राण, २२ गते बुद्ध पूर्णिमाको दिन बिहान पुजापाठ, शोभायात्रा, बिहान ९ बजे देखि ११ बजे दुई घण्टासम्म बुद्ध जयन्तीको मूल कार्यक्रम आयोजना गरिने लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचार प्रसार उपसमिति संयोजक ढुण्डिराज भट्टराईले जानकारी दिए ।

    त्यस्तै, वैशाख २२ गते पाण्डितपुरदेखि रामग्राम अस्थिधातु यात्रा, २३ गते बिहान ८ बजे लुम्बिनीबाट कपिलवस्तुसम्म बोधिसत्व सिद्धार्थको शोभायात्रा, बिहान ११ बजे कपिलवस्तु तिलौराकोटमा विशेष समारोह हुने भट्टराईले बताए । बुुद्ध जयन्ती एवम् लुम्बिनी दिवसलाई विगतमाजस्तै गरी महत्वपूर्ण उत्सवका रुपमा मनाउने कोषको भनाइ छ ।

    गत वर्षभन्दा यस वर्ष ५१.८६ प्रतिशतले लुम्बिनी आउने पर्यटकको संख्यामा वृद्धि भएको लुम्बिनी विकास कोषका सूचना शाखा प्रमुख डा.हरिध्वज राईले बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितीमा लुम्बिनीमा गत वर्ष बुद्धजयन्ती भव्यताकासाथ उत्सवकै रुपमा मनाइएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend