logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • धरानबाट गाँजासहित २ जना र ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

    धरानबाट गाँजासहित २ जना र ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

    1.5K
    Shares
    धरानबाट गाँजासहित २ जना र ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

    सुनसरी । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी राजमर्गबाट सशस्त्र प्रहरीले २ सय २७ किलो ४ सय ग्राम गाँजासहित २ जना र ट्रक नियन्त्रणमा लिएको छ ।

    सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानले धनकुटाबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको ट्रकमा ८ वटा पोकामा लैजाँदै गरेको अवस्थामा गाजाँसहित गाडी चालक धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका–६ स्थायी घर भएका ३४ बर्षिय चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुम जिल्लाको छथर गाउँपालिका–२ का २८ बर्षिय चुडामणी कटुवाललाई नियन्त्रणमा लिएको हो ।

    उनीहरुको साथबाट ६० हजार नेपाली रुपैयाँ, ४ वटा मोवाईल सेट, बाटोको ईजाजत पत्र र सवारी दर्ता प्रमाणपत्र समेत बरामद भएको छ ।

    नियन्त्रणमा लिइएका उनीहरुलाई ट्रक, गाजाँ र बरामद सामाग्रीसहित आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय धरानमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend