logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • देशको अवस्था जोखिमपूर्णः सांसद जबरा

    देशको अवस्था जोखिमपूर्णः सांसद जबरा

    1.9K
    Shares
    देशको अवस्था जोखिमपूर्णः सांसद जबरा

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले सरकार जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन् ।

    आईतवार पार्टी निकट महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।

    सांसद जबराले देश कुनैपनि बेला दुर्घटनामा जानसक्ने जिकिर गरे । उनले देश राम्रोसँग सञ्चालन भइरहेको छ भनेर ढुक्क हुने अवस्था नरहेको बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङदेनको अध्यक्षतामा रहेर जस्तोसुकै परिस्थितिको सामना गर्न सक्षम रहेको उल्लेख गरे ।

    उनले भने, ‘सरकार कहाँ जाने, के हुने कसैलाई थाहा छैन, कुनैपनि बेला जे पनि हुनसक्छ । तर यो बिडम्बनापूर्ण परिस्थितिमा हामी ढुक्क हुने आधार छैन । यो मुलुकमा जस्तो जे स्थिति आउँछ, राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङदेनको अध्यक्षतामा त्यो परिस्थितिलाई सामना गर्न तयार छ ।’

    सांसद जबराले नेपालमाथि आइपर्ने समस्याको सामना गर्न राप्रपा तयार रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend