logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ठूला दलका नेताहरु ‘लुटेराको छाउरा’: डा. प्रकाशचन्द्र लोहनी

    ठूला दलका नेताहरु ‘लुटेराको छाउरा’: डा. प्रकाशचन्द्र लोहनी

    1.5K
    Shares
    ठूला दलका नेताहरु ‘लुटेराको छाउरा’: डा. प्रकाशचन्द्र लोहनी

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठूला दलका नेताहरुलाई ‘लुटेराको छाउरा’ को संज्ञा दिएका छन् ।

    आफूहरुलाई सामन्तवादका छाउरा भनेकोमा आपत्ति जनाउँदै उनले ठूला दलका नेताहरुलाई लुटराको छाउरा भनि टिप्पणी गरेका हुन् आईतबार काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन एकताको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पूर्वअध्यक्ष लोहनीले देशका लुटेराहरुलाई मास्ने काम आफ्नो पार्टीले गर्ने चेतावनी समेत दिए ।

    उनले लुटेराहरुको विरुद्धमा आवाज उठाउन सक्ने, उनीहरुको भण्डाफोर गर्न सक्ने, महिला हिंसाविरुद्ध आवाज उठाउन सक्ने पार्टीको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उभ्याउन पार्टीमा आवद्ध महिला नेतृत्वले काम गर्नुपर्ने बताए । पूर्वअध्यक्ष लोहनीले पार्टीको अडान र दृष्टिकोण संवैधानिक राजसंस्था र सनातन हिन्दु धर्म रहेको र यसमा आफूहरु दृढतापूर्वक लागिपर्ने पनि दोहोर्‍याए । उनले भने, ‘हामी हाम्रो पार्टीको अवधारणा, हाम्रो दृष्टिकोण संवैधानिक राजसंस्था, आलंकारिक राजसंस्था, सनातन हिन्दु पहिचान यसको बारेमा आस्थाको रुपमा हामी दृढ छौं । राष्ट्रिय प्रजातन्त्र पार्टी भनेको महिलाहरुको हितमा बोल्ने पार्टी हो । यो अन्यायको विरोधमा बोल्ने पार्टी हो । र, यो देशका लुटेराहरुलाई मास्ने पार्टी हो यो भने आवाज निकाल्न सक्ने त्यो शक्ति, त्यो बिम्व तपाईहरुले प्रस्तुत गर्न सक्नु पर्दछ । अस्ती एक जना नेताले भनेका रहेछन नि–यी पुराना सामन्तवादका छाउराहरु हुन भनेका रहेछन । मलाई के भन्न मन ल्याग्यो भने–तिमीहरु लुटेराका छाउराहरु हौं । त्यो भन्दा बढदा केही होइनौं अहिले । यो देशलाई लुटन आएका लुटेराका छाउराहरु हौं तिमीहरु । यसको बारेमा, यिनीहरुको क्रियाकलापको बारेमा बोल्ने पनि हाम्रो दायित्व हो । महिला हिंसाको विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जहाँ भएपनि आवाज उठाउँछ ।’

    पूर्वअध्यक्ष लोहनीले योगमाया न्यौपाने नेपालमा महिला हक, अधिकारबारे बोल्ने पहिलो महिलायोद्धा भएको स्मरण गराउन उनको पथ अनुशरण गरेर अघि बढन पनि पार्टीका महिला नेता, कार्यकर्तालाई सचेत गराए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend