मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

राष्ट्रियसभाको १४औँ अधिवेशन सुरु

राष्ट्रियसभाको १४औँ अधिवेशन सुरु

काठमाडौँ । राष्ट्रियसभाको आजदेखि १४औँ अधिवेशन सुरु भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अपराह्न ठिक ४ बजे सुरु भएको अधिवेशनको पहिलो बैठकको प्रारम्भमै सांसदहरुलाई स्वागत गरे।

बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र र वर्तमान मन्त्रिपरिषद्मा पछिल्लो समय भएको मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्यहोरा अध्यक्ष तिमिल्सिनाले पढेर सुनाए।

बैठकमा लोकतन्त्र प्राप्त गर्ने सन्दर्भमा वीरगति प्राप्त गर्ने ज्ञातअज्ञात सहिदको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा ५९ सदस्यीय छ । समाजका विभिन्न क्षेत्र र समुदायको प्रतिनिधित्व रहेको राष्ट्रियसभामा प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व रहेको छ ।

अधिवेशन प्रारम्भ भएका अवसरमा बैठकमा विभिन्न दलबाट प्रतिनिधित्व गर्नुहुने सांसदले शुभकामनासहित समसामयिक विषयमा आफ्नो धारणा राखिरहेका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend