logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नक्कली शरणार्थी प्रकरणमा एमालेविरूद्ध अभियान चलाउने दुष्प्रयास गरियो: अध्यक्ष ओली

    नक्कली शरणार्थी प्रकरणमा एमालेविरूद्ध अभियान चलाउने दुष्प्रयास गरियो: अध्यक्ष ओली

    1.4K
    Shares
    नक्कली शरणार्थी प्रकरणमा एमालेविरूद्ध अभियान चलाउने दुष्प्रयास गरियो: अध्यक्ष ओली

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीविरूद्ध अभियान चलाउन खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

    संसदीय दलको बैठकमा उनले उक्त प्रकरणमा व्यक्ति दोषी हुन सक्ने तर पूरै पार्टीलाई नै मुछ्न खोजिएको बताएका हुन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर यस विषयमा कुनै किसिमको दबाब आफूले नदिएको पनि उनले बताए। प्रधानमन्त्री प्रचण्डले आफूँसँग भएको भेटपछि शरणार्थी प्रकरणमा कसैको पनि दबाबमा पर्दिनँ भनेर अभिव्यक्ति दिएकामा प्रश्न समेत गरे ।

    ‘म प्रचण्डलाई भन्न चाहन्छु पछि हट्नुस् कसले भन्यो? झुक्नुहोस् कसले भन्यो? दबाबमा पर्नुस् कसले भन्यो? कसले दबाब दियो? मैले उहाँलाई कसैलाई बचाइदिनुस्, छानबिन नगरिदिनुस्, होलो खुकुलो गरिदिनुस्, छाड्दिनुस् भनें? मैले त भनेको छु कडाइका साथ छानबिन गर्नुस्, कारबाही गर्नुस्,’ बैठकमा उनले भने, ‘तर, एउटा कुरो जसरी एमालेका विरूद्ध क्याम्पेन लान खोजिँदैछ, यस प्रसंगमा, व्यक्ति कोही दोषी होलान्, म जान्दिनँ, पछि तथ्यहरूले बताउँलान् तर एमालेलाई जसरी घचेट्न खोजिँदैछ, त्यो दुष्प्रयास कसैले नगरे हुन्छ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend