logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित वेभसाइटमा सार्बजनिक गराैँ : डा अरजु राणा

    सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित वेभसाइटमा सार्बजनिक गराैँ : डा अरजु राणा

    1.6K
    Shares
    सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित वेभसाइटमा सार्बजनिक गराैँ : डा अरजु राणा

    काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ एवं संघीय प्रतिनिधि सभा सदस्य डा अरजु राणा देउवाले अहिलेसम्मका सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित सार्बजनिक गर्न माग गरेकी छन् ।

    प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राणाले सबै सांसदको सम्पति विवरण सार्बजनिक गरेर वेभसाइटमा राख्न माग गरेकी हुन् ।

    ‘हामी जति सांसद छौं, जहिलेदेखि बनेका छौं, सबैको सम्पत्ति विवरण प्रकाशित होस् । हाम्रो वेबसाइटमा राखियोस् । जनताले देखोस् । कसको के थियो कहिले थियो कसको बढ्यो कसको घट्यो के स्रोत हो ?’ उनले भनिन् ।

    उनले आफ्नो श्रीमान पाँच पटकसम्म प्रधानमन्त्री भएको र आफूहरुको सम्पत्ति सरकारलाई पटक पटक बुझाएको भन्दै त्यो सार्बजनिक गर्न आग्रह गरेकी छन् ।

    आफुले कुनै गल्ति नगरेको र महिला आफ्नो बलमा सार्बजनिक रुपमा आएको हाम्रो समाजले देख्न नसकेको आरोप समेत लगाइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend