logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक आज बस्दै

    प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक आज बस्दै

    1.4K
    Shares
    प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक आज बस्दै

    काठमाडौँ । प्रधानन्यायाधीश सिफारिसबारे सहमति जुटाउन संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बेलुका ६ बजे सिंहदरबारमा संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।

    प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार छलफलपछि संवैधानिक परिषद् बैठक बोलाइएको हो।

    यसअघि वैशाख ७ गते संवैधानिक परिषद् बैठक बसेको थियो। सो बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे कुनै निर्णय हुन सकेन। बैठकमा एमाले अध्यक्ष ओलीले संदीय सुनुवाइ विशेष समिति गठनपछि मात्रै प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुनुपर्ने अडान राखेका थिए।

    संवैधानिक परिषद् बैठकले सिफारिस गरेका व्यक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ।

    सर्वोच्च अदालत १ फागुन २०७८ देखि प्रधानन्यायाधीविहीन छ। लामो समयदेखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशका भरमा चलेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend