मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

मन्त्रालय भागबन्डा नमिल्दा प्रदेश सरकारलाई पूर्णता दिन मुख्यन्त्री शाहलाई सकस, प्रधानमन्त्री दाहालसँग छलफल

मन्त्रालय भागबन्डा नमिल्दा प्रदेश सरकारलाई पूर्णता दिन मुख्यन्त्री शाहलाई सकस, प्रधानमन्त्री दाहालसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितका नेताहरुको भेटवार्ता गरेका छन् । उनीहरूले सोमबार बिहान बालुवाटारमा भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री दाहालसँगको भेटमा मुख्यमन्त्री शाहले प्रदेश सरकार विस्तारबारे छलफल भएको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश ईन्चार्ज तथा प्रदेशसभा सदस्य खगराज भट्टले जानकारी दिए।

प्रधानमन्त्री दाहालसँगको भेटमा मुख्यमन्त्री शाहसहित मन्त्री प्रकाश देउवा, प्रदेशसभा सदस्य खगराज भट्ट र ओमप्रकाश भाटलगायतको सहभागिता थियो । गत २६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो ।

हाल भौतिक पूर्वाधार विकास मन्त्रीमा प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्रीमा नरेश शाही छन् । बाँकी मन्त्रालय भने लामो समयदेखि नेतृत्वविहीन छन् ।

 

 

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend