logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगन

    प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगन

    1.9K
    Shares
    प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगन

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ ।

    सभामा अर्थमन्त्री डा. प्रकाशशरण महत नभएको भन्दै प्रतिपक्ष दलका सांसदहरुले बिरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको हो ।

    बैठकमा आ.व. २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भइरहेको थियो । छलफलकै क्रममा अर्थमन्त्री महत बैठकमा अनुपस्थित भएसँगै बैठक सञ्चालमा प्रतिपक्ष दलका सांसदहरुले अवरोध गरेका हुन् ।

    बैठक स्थगन बारे जानकारी दिँदै सभामुख देवराज घिमिरेले भने, ‘केही प्राविधिक समस्याको कारणले अर्थमन्त्रीज्यूको उपस्थिति केही कारणले ढिला भइरहेको हुँदाखेरी १५ मिनेटको लागि यो बैठक स्थगन हुन्छ । त्यसपछाडी फेरि सुचारु हुनेछ ।’

    बैठक १५ मिनेट पछि सुचारु हुने सभामुख घिमिरेको भनाई छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend