logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोशी प्रदेशको पुनः नामाकरणको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा

    कोशी प्रदेशको पुनः नामाकरणको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा

    2K
    Shares
    कोशी प्रदेशको पुनः नामाकरणको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा

    कोशी । कोशी प्रदेशको पुनः नामाकरणको माग गर्दै आन्दोलनको कार्यक्रमहरु घोषणा गरिएको छ ।

    कोशी प्रदेश नाम खारेजी र पुनः नामाकरणको माग गर्दै आन्दोलित भइरहेको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको हो ।

    आन्दोलनको कार्यक्रमहरुमा कोशी नाममा हस्ताक्षर गर्ने सांसदहरु र दलका शिर्ष नेताहरुका बिरुद्धमा बिरोध जारी रहेको भूमिमा उनीहरुलाई बहिष्कार गर्ने उल्लेख गरिएको छ । त्यस्तै वैशाख २६ गते झापाको दमकमा सांकेतिक राँके जुलुस प्रदर्शन गरिने भएको छ ।

    त्यसैगरी वैशाख २८ गतेदेखि प्रदेश सभाका ८२ जना सांसद र उनीहरुका शिर्ष नेता हिँड्ने बाटो, बस्ने होटल, खाने स्थानदेखि उनीहरु सहभागि हुने कार्यक्रम तथा बैठक स्थलहरुमा बिरोधको कार्यक्रम गरिने किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले बताए । नेताहरुलाई होटलमा बस्न र कार्यक्रम गर्न हल नदिनका लागि सम्बन्धित पक्षहरुलाई अनुरोध गर्ने समेत उनले जानकारी दिए ।

    त्यस्तै, वैशाख २८ गतेदेखि जिल्लाहरुमा आमसभा, सङ्घर्ष समिति बिस्तार, तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा रोप्ने र ८२ जना सांसदलाई बहिष्कार कार्यक्रम जारी राख्ने जनाइएको छ ।

    आन्दोलनका अन्य कार्यक्रमहरुमा जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियानलाई तिब्रता दिने, जेठ दोस्रो हप्ता सङ्घर्ष समितिका केन्द्र, जिल्ला र स्थानीय निकायका सबै नेतृत्व पंक्तिको वृहत भेला आयोजना गर्ने, आन्दोलनलाई व्यवस्थित गर्न ‘पहिचानका लागि युवा’ शक्ति निर्माण गर्ने र प्रदेश सभा केन्द्रीत विशाल जनप्रदर्शनको तयारी गर्ने अध्यक्ष राईले जानकारी दिनुभयो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend